काठमाण्डौ,८ साउन ।सर्वाेच्च अदालतले भरतपुर महानगरपालिकाको मतगणनाको बिषयमा आज निर्णय सुनाउने भएको छ । दायर रिट माथिको सुनुवाई जारी रहेकाले त्यो सक्ने बित्तिकै सर्वाेच्चबाट निर्णय आउन सक्ने कानून ब्यबसायीले अपेक्षा गरेका छन ।
मतगणना सुरु गर्न माग गर्दै परेको रिटमा लामो समय देखि सुनुवाई हुदै आएको थियो । वडा नम्वर १९ को मतगणना जारी रहेको बेला माओबादी केन्द्रका प्रतिनिधीले एक्कासि मतपत्र च्याते पछि मतगणना रोकिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने च्यातिएका मतपत्रलाई थाँती राखेर गणना गर्नु पर्ने माग गर्दै छ ।