प्रधानमन्त्री देउवा नारायणगढ–मुग्लिन सडकको निरीक्षणमा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,१८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्न आज चितवन जादै छन । प्रधानमन्त्री देउवाले अहिलेसम्म भएको कामको प्रगति निरीक्षण गर्नुको साथै कामलाई तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिने बताइएको छ ।उनी सँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी पनि जानेछन् ।

प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी गरेका छन् । अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । अहिले पहिलो प्राथमिकतामा राखेर सडक निर्माण भइरहेको विभागका प्रवक्ता दयाकान्त झाले बताए ।
मुग्लिन–नारायणगढ सडकखण्डमा २५ असारदेखि रातको समयमा अनिश्चितकालीन बन्द गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सवारीसाधनको किसिम र सडकको रुटअनुसार साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिरहेको छ । यसको कारण दैनिक हजारौँ यात्रुले सास्ती खेप्नुपरिरहेको छ । सवारी सञ्चालन कार्य रातको समयमा ११ घन्टासम्म बन्द भइरहेको छ ।