काठमाडौँ, २३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटको गरुडा नगरपालिका क्षेत्रमा सडक निर्माणका क्रममा बनेको खाडलमा परी चार बालिकाको निधन भएकामा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छिन ।
भोजपुर जिल्लामा तीन बालबालिका पानीमा डुबेर मृत्यु भएको र अबोध बालकको अपहरणजस्ता घटना भएका सन्दर्भमा बालबालिकाको यथोचित सुरक्षाको प्रत्याभूति गर्न सरकार रसरोकार भएका सबै निकायले गम्भीर हुनुपर्ने धारणा पनि राष्ट्रपतिबाट व्यक्त भएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस

