पाथीभरा गोल्डकपमा सोनाम क्लब एपिएफसँग पराजित

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

ताप्लेजुङ,२३ साउन । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो दिन आज भएको खेलमा सशस्त्र प्रहरी बल दमक विजयी भएको छ ।
कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई टाइब्रेकरमा २–१ गोलले पछि पार्दै सशस्त्र प्रहरी बल दमकको विजयी भएको हो । निर्धारित समयको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।