बाढीले बगाएर बेपत्ता भएका तीन वृद्धा अझै भेटिएनन्

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

उर्लाबारी (मोरङ), ३१ साउन । मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् । बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया गोमा कार्की, ८९ वर्षीया पुण्यमाता दाहाल र ७१ वर्षीया सीता थापामगर बेपत्ता भएका हुन् । बूढीखोला पूर्वतर्फ रहेको मन्दिर बाढीले बगाउँदा बेपत्ता भएका उनीहरु अझै फेला पर्न नसकेको र खोजीकार्य भइरहेको सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए  । बाढीले सो क्षेत्रका १६३ घर डुबानमा परेका थिए ।