यू – १५ साफ च्याम्पियनसिप फुटबलमा भुटानको फराकिलो जित, नेपालको पहिलो खेल भोली

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाण्डौ,४ भदौ । काठमाडौमा जारी यू – १५ साफ च्याम्पियनसिप फुटबलमा भुटानले फराकिलो जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा भुटानले श्रीलंकालाई ६ – ० ले पराजित गरेको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानलाई जित दिलाउन केल्जाङ जिग्मी र दोर्जी खान्दुले समान दुई दुई तथा सिद्दार्थ गुरुङ र किङगा वान्ग्चुकले एक एक गोल गरे ।
जितसँगै समूह ए को भुटानले ३ अंक जोडेको छ र सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ए मा रहेको बंगलादेश, श्रीलंका र भुटान रहेको छ । नेपाल सम्मलित समूह बि मा बलियो टोलीहरु भारत र माल्दिभ्स रहेको छ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग भोलि दिउँसो ३ बजेपछि खेल्ने छ । त्यस्तै दोस्रो खेलमा नेपालले बुधबार भारतको सामना गर्ने छ ।