युनेस्को विश्व महासंघका अध्यक्ष नेपाल आउने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १७ भदौ । सयुक्त राष्ट्र संघ शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) विश्व महासंघका अध्यक्ष धिरेन्द्र भटनागर साताव्यापी भ्रमणमा नेपाल आउने हुनेभएको छ । यही १९ देखि २२ गतेसम्म काठमाडौँमा हुन गइरहेको अमूर्त कला सांस्कृतिक विविधतासम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी हुन उहाँ आगामी सोमबार आउने युनेस्को महासंघ नेपालका अध्यक्ष आनन्द त्रिपाठीले जानकारी दिए  ।

चिराप, वल्र्ड कल्चर नेट, युनेस्को आयोग र युनेस्को महासंघ नेपालको आयोजनामा हुन गइरहेको कार्यशाला गोष्ठीको शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ । महासंघका अध्यक्ष भटनागरले युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका काठमाडौँका विभिन्न स्थानलगायत पोखरा र तनहुँको भ्रमण गर्ने कार्यक्रम छ ।