‘निर्वाचन आचारसंहिता लागू भएपनि कर्मचारी सरुवा नरोकिने’

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,१८ भदौ । सरकारले निर्वाचन आचारसंहिता लागू भएपनि कर्मचारी सरुवा प्रक्रियालाई नरोक्ने जनाएको छ । अत्यावश्यक कामका लागि कर्मचारीको सरुवा नरोकिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी दिए । उनले निर्वाचन आयोगसँग अनुमति लिएर काज, सरुवा र पदस्थापना गरिने बताउनु भएको छ । भदौ महिनाभित्र मन्त्रालयले सरुवा गर्ने व्यवस्था भएपनि निर्वाचन आचारसहिंता लागेपछि सरुवालाई प्रभावित बनाएको छ ।
मन्त्रालयले अहिलेसम्म १२९ अधिकृत सरह र १२७ सुब्बासरहका कर्मचारी सरुवा गरेको छ । ती कर्मचारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा, विभिन्न मन्त्रालयमा काजमा र पदस्थापनाका लागि सरुवा गरिएको प्रवक्ता न्यौपानले बताए ।