काठमाण्डौ,२ असोज । निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न भएको जानकारी दिए । सोमबार साँझ निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी उनले तोकेको समयमै मतदान सम्पन्न भएको पनि स्पष्ट पारे। सोमबार प्रदेश नम्बर २ को १ सय ३६ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको हो । निर्वाचन आयोगले निर्वाचनमा करिव ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान समेत गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले आज रातिबाटै मतगणना सुरु हुने जानकारी पनि दिए । मतगणना स्थलमा मतपेटिका संकलन हुनेवित्तिकै मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको पनि प्रमुख निर्वाचन आयुक्त यादवले बताए। उनले ५ दिन भित्र मतगणना मतगणना सम्पन्न हुने गरी आवश्यक जनशक्तिको व्यवस्था मिलाइएको पनि उल्लेख गरे ।
निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याएकोमा सरकार, राजनीतिक दल, आम मतदाता, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाजप्रति आभार पनि व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको सबै तहको निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै अव मुलुक समृद्धिको दिशामा अघि बढने विश्वास पनि व्यक्त गरे।