काठामण्डौ,२ असोज । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले खड्कालाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता भएपछि संसदीय समितिहरुले खड्कालाई तत्काल निलम्बन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनलाई आधार बनाएर निगमका कार्यकारी निर्देशक खड्कालाई पदच्यूत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिऐ ।
सरकारले चिकित्सकको लापरवाहीका कारण पनि विरामीहरुको मृत्यु हुने गरेको पुष्टि गर्दै सम्बन्धित चिकित्सकहरुबाटै क्षेतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था हुने गरी विधेयक तयार पार्न पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव पनि स्किृति गरिएको छ ।