शुक्रबारदेखि देशभरको अस्पताल बन्द गर्ने चिकित्सक संघको घोषणा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,४ असोज । नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । सरकारले उपचारको क्रममा विरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने आशयको निर्णय गरेपछि चिकित्सक संघ आक्रोसित भएको हो । उसले निर्णय सच्याउन सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको थियो ।

तर, अल्टिमेटम दिएको भोलिपल्ट बसेको संघको बृहत बैठकले तीनबुँदे माग अघि सारेको छ । र, माग सम्बोधन नभए ६ गतेदेखि देशभरका अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।