सीमान्तकृत बस्तीमा ३ सय घर निर्माण गर्ने नेता भण्डारीको घोषणा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

गुल्मी, ८ असोज (रासस) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सीमान्तकृत बोटे माझी र दलित बस्तीमा एक–एक घर उपहार दिने घोषणा गरेका छन । सदरमुकाम तम्घासमा जिल्लाका सरकारी कार्यालयका प्रमुखसँगको बैठकमा नेता भण्डारीले यस्तो घोषणा गरेका हुन ।

गुल्मी क्षेत्र नं २ का सांसदसमेत रहनुभएका नेता भण्डारीले सीमान्तकृत बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, वामीटक्सार, मुसिकोटलगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदायअन्तर्गत कुमाल, दलित र बोटे माझीको यो दशैँको उपहारस्वरुप घर निर्माणको कार्य थालनी गरिएको बताए । उनले बम्घा र बलिथुममा रहेका सीमान्तकृत बस्तीमा १५० घर निर्माणको कार्य तीव्र गतिमा भइरहेको र अब थप ३०० घर निर्माणको कार्य अगाडि बढेको जानकारी दिए ।नेता भण्डारीले अहिलेको बडादशैँ बलिथुममा रहेका सीमान्तकृत बोटे माझी समुदायसँग बसेर मनाउने बताए ।