लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको :अध्यक्ष यादव

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

विराटनगर, ३० असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताएका छन। विराटनगर विमानस्थलमा आज  सञ्चारकर्मीसँग कुराकानी गर्दै सो गठबन्धनसँग सिटको तालमेल हुने सम्भावना भने रहेको स्पष्ट पारे । आपसी समझदारीमा सो पार्टीसँग सिटको तालमेल हुने उनको भनाइ थियो ।

यादवले लोकतान्त्रिक गठबन्धनमा बस्नका लागि राजनीतिको मूल मुद्दामा सहमति हुनुपर्ने नत्र अवसरवादीको संज्ञा दिइने उल्लेख गरे । आफ्नो दलले मधेशको दुई तिहाइ सिटमा जित हासिल गर्ने दाबी गर्दै उनले प्रदेश नं २ मा सरकार बनाउने दाबीसमेत गरे । फोरमका अध्यक्ष यादवले आफु मोरङ वा अन्य कुन जिल्लाबाट चुनावमा उठ्ने विषयमा निर्णय नगरेको र केही दिनमै सो निर्णय गरिने जानकारी दिए।