काठमाडौं ,६ पुस। बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । अघिल्ला दुई खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा भुटानसँग खेल्न लागेको हो ।
नेपाल र भुटानबिचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार २ १५ मा सुरु हुनेछ । दुवै टोलि प्रतियोगिताबाट बाहिरीसकेको हुनाले आजको खेल दुवैको लागि प्रतिष्ठाको लडाईमात्र हुनेछ । तर, आज दुवै टोलि पहिलो जितको खोजीमा हुनेछ । च्याम्पियनसिपमा नेपाल र भुटान जितविहिन रहेको छ ।च्याम्पियनसिपमा दुई खेल गुमाएको नेपाल पुछारमा रहेको छ । राउण्ड रोविन लिगको आधारमा जारि च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल पुस ९ गते हुनेछ ।