काठमाण्डौ,११ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूूका लागि नेपाली टोलीको घोषणा भएको छ । यही माघ २५ गतेदेखि नामिवियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको निगरानीमा १४ नियमित र ४ बैकल्पिक सहित १८ खेलाडीको घोषणा गरिएको हो । नेपाली ब्याट्सम्यान रोहित कुमार पहिलो पटक टिममा अटाउन सफल भए ।
यसअघि युुएई विरुद्धको खेलमा टिममा परेका अनिल कुमार शाह पनि डिभिजन टूूका लागि छनोट भएका छन् । यद्यपी अनिल पिचमा भने उत्रिएका थिएनन् । आईसीसी प्रतिनिधि अनिमुल इस्लामको संयोजकत्वमा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मेलित टिमले नेपाली खेलाडीको नामावली घोषणा गरेको हो । डिभिजन टूू खेल्ने नेपाल टोलीमा अनिल र रोहितबाहेक कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ र ललित भण्डारी छन् । बैकल्पिक खेलाडीमा सुनील धमला, ललितनारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो छन् ।
नेपाली टिम शनिबार बैदेशिक प्रशिक्षणका लागि संयुक्त अरव इमिरेट्स युुएई जानेछ । तीन अभ्यास खेलपछि नेपाली टोली त्यहीँबाट नामिविया प्रस्तान गर्नेछ । आगामी विश्वकप छनोटको अन्तिम अवसरका रुपमा रहेको डिभिजन टूूको शीर्ष दुुई स्थानमा पर्न सकेमा नेपालले विश्वकप छनोट खेल्न पाउनेछ । डिभिजन टूूमा नेपाल र नामिविया सहित युुएई, क्यानडा, ओमान र केन्या छन् । नेपाली टिमले आज अन्तिम प्रशिक्षण गरेको छ ।