नेपालद्धारा केन्या ३ विकेटले पराजित

arjun Sports/खेलकुद , ८ वर्ष अगाडि

काठमाण्डौ,२९ माघ ।आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगिताको चौथो खेलमा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ । निर्धा्रित ५० ओभरमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ७ विकेटको क्षतिमा अन्तिम ओभरमा पुरा र्गयो ।
कप्तान पारस खड्काले आज पनि आक्रामक इनिङ खेल्दै ४४ बलमा ४२ रन बनाएका थिए । तर रोहित पौडेल र आरिफ शेखले अन्त्यमा समझदारीपूर्ण ब्याटिङ गर्दै नेपाललाई जिततर्फ र्डोयाए । आरिफले ४२ रन बनाए भने रोहितले ४७ रन बनाए । आरिफ ४९ औं ओभरमा आउट भए भने रोहित अन्तिम ओभरमा आउट भएका थिए ।
यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई निर्धा्रित ५० ओभरमा १ सय ७७ रनमै सीमित गर्न सफल रहेको थियो । नेपालका लागि युवा स्पिनर सन्दिप लामिछानेले फेरि उत्कृष्ट बलिङ प्रदर्शन गरे । १० ओभरमा ५ मेडेनका साथ २० रन खर्चिँदै उनले ५ विकेट लिन सफल भएका थिए ।
केन्याले आज खेलमा राम्रो सुरुवात गरेको थियो । केन्या एक समयमा बिना क्षति १६ ओभरमा ६५ रन थियो । नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र कप्तान पारस खड्काले एकएक विकेट लिन सफल भए ।