सत्ताकाे गुलियाेमा एमाले – माओबादी बीचकाे एकता भुलियाे

arjun Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौं,३ फागुन । सरकारको गुलियो स्वादलाई पच्छाउने क्रममा नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता अनिश्चित बनेको छ । केहि दिन यता यी दुबै पार्टीको बैठक लगातार बस्दै आए पनि सरकार निमार्णलाई फट्केर पार्टी एकताका जोड दिन सकेन । निर्बाचनमा जाँदा यी दुई पार्टीले एकताको कुरा गरेर भोट मागेको भए पनि तत्काललाई त्यसले पार्टी एकताका लागि सहयोग नपुरयाए पनि सरकार निमार्णका लागि भने दलियो साथ भएको छ । निर्वाचन अघि सम्म एकले अर्कालाई प्रधान सत्रुको रुपमा ब्याख्या गर्दै आएका यी दुई पार्टीबीचको एकताका लागि बिगतका निर्णय र एकीकृत पार्टीको निर्देशक सिद्धान्तलाई कारक मानिएको छ ।

दुवै दलका शीर्ष नेताबीच एकीकृत पार्टीको नेतृत्व र नयाँ सरकार गठन लगायत धेरै विषयमा सहमती जुटे पनि अन्तिम समयमा एमालेले एकीकृत पार्टीको निर्देशक सिद्धान्त ुजनताको बहुदलीय जनवादु हुनुपर्ने अडान नछाडेपछि माओवादी केन्द्र एकता प्रक्रियाबाट पछाडि हटेको हो। यद्यपी आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका प्राविधिक विषयमा भने दुबै पार्टीको मत यक्यता रहेको छ।

एकता प्रक्रिया तत्कालका लागि टरेपछि एमालेले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको छ। ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि माओवादी केन्द्र तत्काल सरकारमा नजाने भएको छ। नयाँ सरकार ओलीको नेतृत्वमा बने पनि माओवादी केन्द्र अब पार्टी एकताको विषयमा वृहत छलफल गरेर मात्र नयाँ सरकारमा सहभागी हुने एक नेताले बताएका छन।