पिएसजीलाई पराजित गर्दै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

एजेन्सी । गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिडले पिएसजीलाई २-१ ले पराजित गरेको छ । पहिलो लेगमा ३-१ ले विजयी रहेको रियलले एग्रिगेटमा ५-२ को जित हांसिल गर्न सफल भयो ।

पहिलो हाफमा दुवै टोलीले थुप्रै मौकाहरु पाए पनि गोलमा परिणत गर्न सकेका थिएनन् । त्यस्तै खेलको ५१ औं मिनेटमा लुकास भाजक्वेजको पासमा रियलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

६६ औं मिनेटमा पिएसजी १० खेलाडीमा सीमित भएको थियो । पहिलो हाफमा एउटा पहेंलो कार्ड पाएका मार्को भेराइटीले दोस्रो हाफमा अर्को कार्ड पाउँदै मैदान छोडेका थिए । ७१ औं मिनेटमा घरेलु टोलीले एक गोल फर्काउन सफल भएको थियो । थियागो सिल्भाको हेडर एडिन्सन काभानीलाई लागेर बलले पोस्टको दिशा लिएको थियो ।

त्यसै गरी खेलको ८० औं मिनेटमा मिडफिल्डर क्यासेमिरोको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि रियलले आफ्नो जित सुनिश्चित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित पारेको हो ।