नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, बिमानस्थलमा भब्य स्वागत

arjun Sports/खेलकुद , ८ वर्ष अगाडि

काठमाण्डौ,५ चैत । चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली टोलीका स्वागत गर्न ठूलो संख्यामा समर्थक त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमास्थल पुगेका थिए । नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव महेश दाहाल पनि टोलीको स्वागतलाई विमानस्थल पुग्नु भएको थियो । सो अवसरमा नेपाली टोलीका कप्तान पारस खड्काले यसरी खुशी ब्यक्त गर्नु भयो ।

अर्को वर्ष हुने विश्व कपका लागि छनोट हुन असफल भएपनि नेपाल एक दिवसिय मान्यता पाउन भने सफल भएको थियो । सातौं स्थानको प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले एक दिवसिय मान्यता पाएको थियो । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले विश्व कप छनोट प्रतियोगिता सुरु हुनु अघि उत्कृष्ट नेदरल्यान्ड्स बाहेक तीन एसोसियट्सलाई आगामी चार वर्षका लागि एकदिवसिय मान्यता दिने घोषण गरेको थियो ।पपुवा न्यु गिनी र हङकङ भने डिभिजन टु मा घटुवा भएका छन् ।