एन्फा विवाद बारे बुझन एएफसीको टोली काठमाण्डौमा

arjun Sports/खेलकुद , ८ वर्ष अगाडि

काठमाडौं, १२ चैत ।एसियाली फुटवल महासंघ एएफसीको उच्चस्तरीय टोली काठमाडौं आएको छ । एन्फाको निर्वाचन रोक्न सर्वोच्च अदालतले दिएको आदेशसँगै बढेको अन्यौलताबारे बुझ्न एएफसीका एसोसिएट निर्देशक रविकुमार नेतृत्वको उच्चस्तरीय टोली काठमाडौं आएको हो ।
अखिल नेपाल फुटवल संघ एन्फाको निर्वाचन बुधबारका लागि तय गरिएको थियो । तर सर्बोच्चको आदेशपछि हिजो सुचना टाँसेर एन्फाले निर्वाचन स्थगीत भएको जानकारी गराएको थियो ।

टोलीले पछिल्लो विवाद समाधानका लागि एन्फासँगै सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्नेछ । एएफसीको टोलीले फिफाको निर्देशन अनुसार निर्वाचनमा जाने की अर्को विकल्पमा जाने भन्ने बिषयमा नेपाली पक्षसँग छलफल गरी निर्णय गर्ने बताइएको छ ।