क्यानको विशेष साधारणसभाले संशोधित विधान जस्ताको त्यस्तै पारित

arjun Sports/खेलकुद , ८ वर्ष अगाडि

 

काठमाण्डौ,६ वैशाख । नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभाले संशोधित विधान जस्ताको त्यस्तै पारित गरेको छ । काठमाडौंमा जारी साधारणसभाले संशोधित विधान जस्तोको त्यस्तै पारित गरेको हो । साधारणसभाका अधिकांश प्रतिनिधिले आईसीसीले भनेअनुसारकै विधान पेश भएकोले यसैलाई पारित गर्नुपर्ने धारणा राखेपछि आजै विधान पारित गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई साधारणसभाले पारित भएपछि क्यान निलम्बन फुकुवा हुने सम्भावना पनि बढेको छ । यसअघिको विधानमा रहेको पुरानो कार्यसमितिका १७ जना र राखेपका ७ जनाले निर्शत भोट हाल्न पाउने र उनीहरु उम्मेदवार पनि हुन पाउने व्यवस्था रहेकोमा अब पुरानो कार्यसमितिका १७ र राखेपका ७ जनाले मताधिकार र उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थासहितको विधान पारित भएको छ ।