साबिक बिजेता जर्मनी समूह चरणबाटै बाहिरीदा ब्राजिल भने अन्तिम १६ मा प्रबेश

arjun Sports/खेलकुद , ८ वर्ष अगाडि

काठमाडौँ । फिफा विश्वकपको साबिक बिजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ। रसियामा जारी २१औँ संस्करणको फिफा विश्वकपमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २-० गोल अन्तरले पराजित हुदैँ जर्मनी समूह चरणबाटै बाहिरिएको हो।

उता,उपाधी दाबेदार मानिएको ब्राजिल भने रसियामा जारी फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार मध्य राति भएको समूह चरणको अन्तिम खेलमा २-० गोलअन्तरले सर्वियालार्इ पराजित गर्दै ब्राजिल समूह विजेता बन्दै लगातार १३ औँ पटक नकआउट चरणमा प्रवेश गरेको हो।१९७० यता लगातार दोस्रो चरणमा स्थान बनाउँदै आएको ब्राजिलले अन्तिम १६ मा अब समूह एफ को उपविजेता मेक्सिकोसँग सोमबार प्रतिस्पर्धा गर्नेछ।