काठमाडाैं,१७ भदाै ।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल अाज सिङ्गापुर गएका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उहाँहरु दिउँसो एक बजे त्यसतर्फ गएका हुन् ।
स्वकीय सचिव पाण्डेका अनुसार प्रधानमन्त्रीसँगै उहाँहरु पनि स्वदेश फर्कनु हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर जानुभएको थियो । उहाँको उपचार सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।

