काठमाडाैं,२२ भदाै ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ।
समितिका अनुसार यस बर्ष असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा टीकाको साइत रहेको छ।
समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।

