जसपा विवादमा रेशम चौधरी तटस्ठ

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं ।जनता समाजवादी पार्टी(जसपा)को आधिकारिताको विषयमा सांसद रेशम चौधरी तटस्थ बसेका छन्।

आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरेका हुन्। कारागारमै सनाखत गर्न नमानेपछि उनलाई निर्वाचन आयोग पुर्‍याइएको थियो।
जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन उनले निर्वाचन कार्यालयबाहिर पत्रकारहरुसँग भने ।

जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन्। अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले सनाखत गरेका हुन्।