कतारले पुनः नियम सँसोधन गर्यो, खोप लगाएकालाई पनि अनिबार्य होटल क्वारेन्टाइन

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , ३ वर्ष अगाडि


काठमाण्डौ १७ श्राबण । नेपालबाट कतार जाने यात्रुले अब अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको छ ।
कतार सरकारले आगामी भोलि अगष्ट २ अर्थात १८ श्राबण देखि लागूहुने गरि नयाँ ट्राभल गाइड लाइन जारी गरेको छ । योसँगै नेपालबाट कतार जाने यात्रुलाई कोरोना विरुद्धको खोप लगाएको भए पनि होटेल क्वरेण्टाइन अनिवार्य गरेको नेपाली दूतावासले कतारले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
योभन्दा पहिले जुलाई १२ देखि कतारले कोरोना खोप लगाएकालाई क्वरेण्टाइन बस्नु नपर्ने नियम लागू गरेको थियो । तर पछिल्लो समय कोरोनाको जोखिम बढ्न सक्ने भन्दै कतार सरकारले थप कडाइ गरेको हो । नयाँ नियम अनुसार कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा कोरोना संक्रमण भइ निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वरेण्टीन बस्नुपर्ने दूतावासले जनाएको छ । दोस्रो दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएपछि होटलमा बस्नु पर्दैन ।

यस्तै कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका क्यूआईडी वाहक यात्रुहरूले १० दिन होटल क्वरेण्टीन बस्नुपर्ने हुन्छ । खोप नलगाएका पारिवारिक, पर्यटक वा बिजनेस भिसा अन्तर्गतका यात्रहरूलाई भने कतारमा प्रवेश गर्न दिइने छैन । यसबारे थप जानकारीको लागि सम्बन्धित एअरलाइन्स सँग सम्पर्क गरेर बुझ्न सकिने पनि दूतावासले जनाएको छ ।