पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , ३ वर्ष अगाडि

काठमाडौं श्राबण १९ । नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । सामाजिक सन्जाल टवीटरमार्फत उनले समर्थक तथा सरोकारवालालाई सम्बोधन गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन । संम्बोधनमा उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी भएको बताएका छन ।
२००२ मा १५ वर्षको उमेरदेखि नै क्रिकेट सुरु गरेको संम्झँदै गर्दै खड्काले यो यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, खेलाडी, प्रशंसक, मिडियाकर्र्मी, परिवार र साथीहरुप्रति ऋणी रहेको बताएका छन ।


उनले भनेका छन ‘क्रिकेटरका रुपमा मैले मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ । मेरो जीवनमा मैले देखेको सपना भनेकोनै नेपाली क्रिकेटको उन्नत्ति हो । तर, यसका लागि सम्पूर्ण क्रिकेट समान र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारीताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि नयाँ उचाईमा पुर्‍याउनेछौं ।’

उनले अन्तर्राष्ट्रिय क्रिकेटरको रुपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटको विकासका लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको बताएका छन । टिमबाहिर रहे पनि क्रिकेटकै लागि जीवन अर्पित गर्ने छु उनले भनेका छन ।
उनको कप्तानी समयमा नेपाली क्रिकेटले थुप्रै सफलता हासिल गरेको थियो । सन २०१० मा डिभिजन ५ खेलेको नेपाली टोलीले तीन वर्षको अन्तरमा डिभिजन २ मा पुगेर सन २०१४ मा 20-20 विश्वकपसमेत खेलेको थियो ।