१८ बर्ष पछी मेस्सीले बार्सिलोना छोडे

Dipak Pudasaini Sports/खेलकुद , ३ वर्ष अगाडि

एजेन्सी । स्पेनिस फुटबल क्लव बार्सिलोनामा दिएको १८ बर्षको योगदानलाई तिलान्जली दिदै अर्जेन्टिनी सुपरस्टार खेलाडी लियानल मेस्सीले क्लब छाड्ने निश्चित भएको छ । हिजो साँझ क्लवले आधिकारीक वक्तव्य जारीगरी यसको पुष्टि गरेको हो ।

मेस्सीले हिजो सो क्लवसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम थियो । तर आर्थिक र संरचनागत अवरोधलेका कारण हस्ताक्षर हुन नसकको क्लवले जनाएको हो ।

‘मेस्सी अब फुटबल क्लव बार्सिलोनामा रहने छैनन’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लव दुवैको सम्झौता गर्ने मनसायरहे पनि यो हुन सकेन ।

फुटबल क्ल्ब बार्सिलोनाले मेस्सीलाई आजसम्म गरेको योगदानका लागि आभार व्यक्त गरेको छ । सन २००३ देखि बार्सिलोनामा मेस्सीलाई भविष्यमा उनको व्यक्तिगत र व्यवसायिक जीवनका लागी क्लबले शुभकामना समेत दिएको छ ।
पछिल्लो पटक मातृभूमी अर्जेन्टिनाका लागी आफ्नो कप्तानीमा हालै कोपा अमेरिकाको स्वर्ण जिताएका थिए ।