बल्ल कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियाे

NewsBankNepal Banner Headline with Image , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं,६ भदाै । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद टुंग्याएको छ । समितिले आज त्यसलाई अन्तिम रुप दिएर पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेकाे छ ।

कांग्रेसले क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन नेताहरू कृष्णप्रसाद सिटौला, डा मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिएको थियो।

समितिले क्रियाशील सदस्यतामा भएको सहमतिबारे सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग शनिबार साँझ जानकारी गराएको थियो । भदौ ३ गते सभापतिलाई प्रतिवेदन बुझाउने गरी सदस्यता विवाद टुंग्याउन तीन नेतालाई जिम्मा दिएको भए पनि नेताहरुले ढिलो गरी सहमतिमा पुगेका हुन् ।

क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले भदौ १६–१९ का लागि तोकेको १४ औं महाधिवेशन सारेर मंसिर ९–१३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ ।