निर्वाचन आयोगकाे विवादास्पद निर्णयविरूद्ध एमालेले कानूनी प्रतिवाद गर्ने

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं,१० भदाै । नेकपा एमालले पार्टीको अर्को पार्टीको सनाखत प्रक्रियामा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहीबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहले दर्ता गराएको पार्टीको सनाखत प्रक्रियमा आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी प्रतिवाद गर्ने निर्णय गरेको गरेको हो ।

पार्टिले कारबाहीका निम्ति कारबाही गरेर त्यसको सुचना दिइसकेका व्यक्तिलाई समेत गणना गरेर सनाखत गराउने, अनुपस्थित भएका व्यक्तिहरुलाई पनि सनाखत गराउने लगायतका केही गतल कामहरु भएको एमाले प्रवक्ता प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

त्यस्तै बैठकले सभामुखले पार्टीले कारबाही गरेको पत्र अनुसार सूचना टाँस नगरेकोमा संसदीय अभ्यास अनुसारको बिरोध गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, नयाँ पार्टीमा गएका नेताहरुलाई निष्कासन गर्दै पार्टीको अभिलेखबाट नाम हटाउने तथा निर्वाचन आयोगमा जानकारी गराउने र फर्किन चाहनेका लागि ढोका खुला राख्ने निर्णय गरेको उनले बताए ।

बैठकले १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए ।