प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर माधव नेपालले पार्टी विभाजन गरेको ओलीको आरोप

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडौं,१२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरिएको आरोप लगाउनुभएको

शनिबार ललितपुरको लुभुमा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा गर्दै ओलीले महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खनेको बताउँदै पार्टीको केहि नेताहरुले प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आरोप लगाउनुभएको हो ।

ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई कुनै फरक नपर्ने स्पष्ट पार्नुभयो । चूनावी तालमेल गराएर एमालेको अध्याधिक मतसहितको ठूलो दल बनाएपनि प्रदेश प्रदेशमा एमाले सरकारलाई गिराएर एमालेलाई कमजोर बनाउने काम भएको उहाले बताउनुभयो ।

ओलीले आगामी निर्वाचनमा आफूविरुद्ध भएको षडयन्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गर्नुभयो । मुलुकलाई अविकसितबाट विकसित, कृषिको व्यावसायिकीकरण, उद्योगको आधुनिकीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने काम अब एमालेले गर्ने उहाले बताउनुभयो ।

नेकपा एमालेका नेता तथा युवा संघ इन्चार्ज महेश बस्नेतले एमाले छाडेर माधवको पार्टीमा गएमा राजनीतिक भविष्य सिद्धिने बताउनुभयो ।