राजनीतिलाई कुबाटोबाट हिँडाउन खाेजियाे :ओली

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका छन् ।

नेकपा एमाले झापा काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले स्वार्थहरुका पोका एक ठाउँ भेला पारेर अहिलेको सरकार गठन गरिएको र राजनीतिलाई पनि कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका हुन् ।

ओलीले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै भएको तर्क गरे । त्यस्तै ओलीले अहिलेका सभामुख राजमार्गबाट हिँड्न नमानेको जिकिर गर्दै निर्वाचन आयोगले पनि सडक छाड्न खोजेको बताए ।

उनले पछिल्लो समय अदालतले बाटो बिराउदै गएको उल्लेख गरे । उनले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने बताए । अहिले मुलुकमा अलोकतान्त्रीक जस्तो अभ्यास भइरहेकाले चिन्ताका बिषय भएको उनको भनाई छ ।