कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन

NewsBankNepal Entertainment/मनोरञ्जन , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं ।मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६:५१ निधन भएको छ । पछिल्लाे समय उनकाे नर्भिक अस्पतालमा उपचार हुँदै अाएकाे थियाे ।

दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरेपश्चात् अस्पतालले निःशुल्क उपचारको जिम्मेवारी लिएको थियो ।
अस्पतालकाे प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएकोमा दु:ख व्यक्त गरेका छन् ।