उपप्रधानमन्त्री खानका लागि बामदेव गाैतमले आफूलाई गाली गरेर एमाले छाडेको ओलीकाे आरोप

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं,१९ भदाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएका छन्।

शनिबार काठमाडौंमा नेकपा एमाले महानगर भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीबाट केही बिग्रिएका मानिस मात्र बाहिरिएकाले यसलाई पार्टी फुटेको भन्न नमिल्ने बताए । उनले पदका लागि नै माधव नेपालले अर्को पार्टी खोलेको आरोप पनि लगाए ।

उनले आगामी चूनावमा एक्लाएक्लै प्रतिष्पर्धा गरे एमाले बाहेक कुनै दलले एक सिट पनि ल्याउन नसक्ने दावी गरे । अध्यक्ष ओलीले वर्तमान सरकारले छिमेकी मुलुकसंगको सम्बन्ध बिगार्न खोजेको बताए । चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै ओलीले अरु कसैलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको आरोप लगाए । समितिले एउटा मात्र पनि सीमा विवाद देखाउन उनले चूनौती दिए ।

त्यस्तै उनले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै वर्तमान सत्तारुढ गठबन्धनप्रति आशंका व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाई छ । सम्बोधनका क्रममा ओलीले वामदेव गौतमले उपप्रधानमन्त्री खानका लागि आफुलाई गाली गरेर एमाले छाडेको आरोप लगाए ।

ओलीले अहिलेको सत्तारुढ गठबन्धको आलोचना गर्दै मन्त्री पदका लागि गठबन्धन भएको समेत तर्क गरे। उनले एमाले अझ सशक्त ढंगले अघि बढ्ने भन्दै उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।