काठमाडौं,२१ भदाै ।नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले एकपछि अर्को गलत निर्णय गरेको आरोप लगाएका छन् ।
कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नंवर दुईले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा थापाले जयसिंह धामी देखि सडकमा बोल्न नपाउने जस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै झकझकाउने बेला आएको बताउनुभएको हो ।
उहाले प्रतिनिधिसभाको बाँकी अवधीभर सरकारले जनताको ढोका खोल्ने गरि काम गर्नुपर्ने धारणा राखे । थापाले आगामी चूनावमा कसैको काधमा नचढि बहुमत प्राप्त गर्ने गरि तयारी गर्नुपर्ने बताए । उनले पार्टीको बिधि बिधान बिपरित काम भएका कारण कांग्रेस कमजोर भएको भन्दै बिधि बिधान अनुरुप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए।
कार्यक्रममा कांग्रेसका नेताहरुले वडा, गाउँ–नगर, संघ, प्रदेश लगायत केन्द्रीय महाधिवेशन धाँधलीरहित, निष्पक्ष र पारदर्शीरुपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।

