नेपालीहरुका लागि कतार प्रहरीको अवसर गुम्याे

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , प्रवास , ३ वर्ष अगाडि

दाेहा । कतारले प्रहरीका लागि पठाएको मागपत्र रद्द गरेको छ । नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको योसँगै नेपालीहरुका लागि कतार प्रहरीको अवसर गुमेको छ ।

कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिकको लागि दिइएको कोटामा अन्यत्रबाट नै पदपूर्ति गरिएको जानकारी दिएपछि दूतावासले मन्त्रालयलाई पत्र पठाएको हो ।

दूतावासले २९ अगस्ट २०२१ मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तकित म्यानपावरका नाममा मागपत्र प्रमाणीकरण गरेको थियो ।

कतारले अघिल्लो वर्ष नै नेपालीलाई प्रहरीमा भर्ना लिने तयारी गरेको भए पनि नेपाल सरकार र म्यानपावरबीच कुरा नमिल्दा प्रक्रियामा ढिलासुस्ती भएको हुँदा सोही कारणले पनि मागपत्र रद्द भएको दूतावासको भनाइ छ ।

गत मंसिरको पहिलो साता मागपत्र प्रमाणीकरण नभई केही म्यानपावर कम्पनीले अन्तर्वार्तासमेत लिएका थिए ।विभागले मागपत्र प्रमाणीकरण नभइ अन्तर्वार्ता लिएको भन्दै म्यानपावरलाई कारवाहीको दायरामा ल्याएको थियो ।