मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

NewsBankNepal MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं,१३ असाेज । मन्त्रिपरिषद् विस्तारको तयारी भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले आफ्नो पार्टीले पाउने मन्त्रालयका आधारमा मन्त्री हुनेको नाम टुंग्याउन खोजेको जानकारी गराए । आजै बस्नै स्थायी कमिटी बैठकले नाम टुंग्याएपछि देउवाले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नै लिइसकेको छ ।

सत्ता गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५/५ मन्त्रालय राख्ने सहमति भए पन िकुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन ।