काठमाडाैं,२० असाेज । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।माओवादीले टुंगो लगाएका व्यक्तिहरु पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।
यसअघि माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री बनिसकेका छन् । यस्तै एकिकृत लाेकतान्त्रिक समाजवादीले पनि मन्त्रीकाे टुंगाे लगाउन भाेलि विहान बैठक डाकेकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भाेलि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

