नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत भेटिए

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ४ वर्ष अगाडि

काठमाडाैं ।नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौंकाे बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको हो ।

उनले आज बिहान घरको चार तलामाथिबाट हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ।  नजिकै रहेको सीसी क्यामराले समेत उनकाे तस्बिर कैद गरेकाे छ ।

प्रहरीले चतुर्वेदीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएकाे छ। उनी २९ भदौ २०६८ मा भ्रष्टाचारसम्बन्धी कसूरमा डेढ वर्ष जेल बसेका थिए ।प्रहरीले चतुर्वेदी डिप्रेसनको शिकार रहेको दाबी गरेको छ ।