माधव नेपाल पनि ओलीकै पथमा!

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि


काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ओली पथमा मोडिएका छन् । विवादास्पद र व्यापारीक पृष्ठभूमिका नेताहरुलाई मन्त्रीमा पठाएपछि उनको नैतिकतामाथि नै प्रश्न उठ्न थालेको छ ।

हिजोका दिनमा गुटगत राजनीति गरेको र आफ्ना वरपरकालाई मात्र पदमा पुर्याएको भनेर ओलीमाथि आरोप लगाएका अध्यक्ष नेपाल सरकार विस्तारबाट उनको नियति पनि छर्लङग भएको छ ।

उनीमाथि पार्टीमा शक्तिशाली बन्न खोजेको आरोप मात्र लाग्ने गरेको छैन, संकटको बेलामा आफूलाई साथदिने योग्य र इमान्दार नेतालाई पन्छाएर विवादास्पद र व्यापारीक पृष्टभूमिका नेताहरुलाई मन्त्री बनाएको आरोप पनि थपिएको छ ।

ओली सरकारमा रहँदा विवादीत बनेका र व्यवसायबाट अलग नभएका प्रेम आलेलाई सरकारमा पठाएर पार्टीका इमान्दार र योग्य व्यक्तिको अवमूल्यन गरेका छन् । यतिमात्र होइन तत्कालिन समाजवादी पार्टीका सांसद अपहरणमा संलग्न भएको आरोप कृष्ण श्रेष्ठलाई पनि उनले मन्त्री बनाए।

नेता नेपालले ओलीलाई गुट र उपगुटको वरिपरि बस्ने व्यक्तिहरुलाई मात्र पोस्ने काम गरेको आरोप लगाउँदै आएका थिए ।यसबाट अध्यक्ष नेपालले विधि र पद्धती भन्दा व्यक्तिगत सम्बन्ध र स्वार्थलाई महत्व दिएको प्रष्ट हुन्छ । ओली विरुद्धको लडाईमा नेता नेपाललाई साथ दिएका सांसद मेटमणि चौधरीको नाम मन्त्रीको लिष्टबाट अन्तिममा काटियो ।

यसबाट पार्टीभित्रका धेरै इमान्दार नेताहरु निराश बनेका छन् । पार्टी विभाजन गर्न उक्साउने नेताहरु नै अध्यक्ष नेपालको विश्वास पात्र हुने मौका पाएका छन् । तसर्थ उनीहरु नै मन्त्री हुन पाएका छन् ।

पार्टी विधि,पद्धती र सामूहिकतामा चल्नुपर्ने रटान बारम्बार लगाउने अध्यक्ष नेपालका पछिल्ला व्यवहारले उनको भावि राजनीतिमात्र प्रभावित हुने होइन, शक्तिमा पुगेपछि नेतामा हुनुपर्ने व्यक्तिवादी शोचलाई पनि संकेत गर्छ । मन्त्री नियुक्ति पछि एकिकृत समाजवादीमा ठूलो असन्तुष्टि पैदा भएको छ ।प्रमुख विपक्षी दल नेकपा एमालेले वर्तमान गठबन्धन सरकारलाई विकृती र विसंगतीको संज्ञा दिएको छ ।