कोभिड -१९ को उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा २६ सदस्यीय कार्यदल गठन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ४ वर्ष अगाडि

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड-१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ ।  

२६ जना विज्ञहरु मनोनीत कार्यदलले वुहानको बजारबाट जनावरबाट मानिसमा भाइरस सरेको हो वा प्रयोगशाला दुर्घटनापछि फैलिएको हो भन्ने बारे अनुसन्धान गर्नेछ ।

पहिलो पटक चीनको वुहान सहरमा भाइरस भेटिएको भएर पनि भाइरस सुरुमा कसरी उत्पत्ति भयो भन्ने विषयमा अझै पत्ता लाग्न सकेकाे छैन ।  नयाँ गठित कार्यदल कोभिड-१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर हुनसक्ने डब्लूएचओले जनाएको छ।

 अनुसन्धान गर्न गत फेब्रुअरीमा चीन पुगेको डब्लूएचओको एक टिमले भाइरस चमेराबाट मानिसमा सरेको सम्भावनासहितको निष्कर्ष दिएको थियो । तर,चिनियाँ पक्षले त्यतिबेला दिएको आपरदर्शीता र डेटाको अभावले अनुसन्धानमा बाधा उत्पन्न भएको डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानामले बताए ।