काठमाडाैं । नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्ययक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेललगायत नेता निर्विरोध निर्वाचित भएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि उनीहरु निर्विरोध भएका हुन् । यस्तै उपमहासचिवमा प्रदीपकमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन्। अध्यक्षमा भने केपी शर्मा ओली र डा भीम रावलको उम्मेदवारी परेको छ ।
बन्दसत्रमा आइतबार अध्यक्ष ओलीबाट प्रस्ताव गरिएका उम्मेदवारविरुद्ध उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टङ्क कार्कीले उम्मेदवारी दिएका छन्।

