ब्युटिसियन नेपाल २०२१ को ताज मन्जु थापालाई

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , ४ वर्ष अगाडि

काठमाण्डौ २ पुष । २०२१ को ब्युटिसियन नेपालको उपाधीसुर्खेतकी मञ्जु थापाले हात पारेकी छिन । उनले बेस्ट ब्राइडल र बेस्ट नेल आर्टको उपाधी समेत जितेकी छिन । नेपाली ब्युटीसियनहरुको उक्त पेशागत सौन्दर्य प्रतियोगितामा तबिता राईले फस्ट रनरअपका साथै मोस्ट कन्फिडेन्टको उपाधी हात पारेकी छिन । त्यस्तै गरी भूमिका शाहले सेकेन्ड रनरअप एवं बेस्ट ट्यालेन्टको उपाधी हात पार्न सफल भएकी छिन । सो कार्यक्रममा कुल दुई दर्जन प्रतियोगीहरुबाट छनौट भई उत्कृष्ट दशले स्टेजमा फाइनल प्रस्तुति दिएका थिए ।


हिमालयन मुभिजको आयोजनामा बुधबार सम्पन्न ब्युटिसियन नेपाल २०२१ ब्युटिसियन नेपालको सातौं संस्करण हो ।
यसमा ब्युटिसियनहरुले पेशाको प्रवद्र्धन र नेपाली सौन्दर्यकर्मीहरुको प्रतिभा प्रर्दशनको उक्त कार्यक्रममा प्रतियोगीहरुले करिब दुई हप्ता व्यक्तित्वविकास, स्टेजको प्रस्तुति, क्याटवाक, बोलीचाली अभ्यास, फोटोसुट, भिडियोसुट तथा विविध सौन्दर्य क्षेत्रका तालिम एवं अभ्यास कक्षामा सरिक भएका थिए । फाइनल प्रदर्शनीमा बिजेता उपबिजेता तथा अन्य प्रतियोगीहरुले विविध सबटाइटल अवार्डहरु प्राप्त गरेका थिए जसमा संगीता खड्का बेस्ट मेहेन्दी आर्ट साथै मोस्ट पपुलर,गिता राई बेस्ट मोडल मेकअपविनर, बेस्ट फोटो जेनिक दिपिका सापकोटा, बेस्ट पर्सनालिटी सुमित्रा श्रेष्ठ, मोस्ट स्मार्ट सुमित्रा रिसाल, मोस्ट एयाक्टीभ जान्वी बस्नेतले हात पार्न सफल भएका थिए ।

आफुले आफैलाई दुलही श्रृंगार गरेर बेहुलीको भेषमा स्टेजमा उत्रिएका ब्युटिसियनहरुको प्रस्तुति निकै आकर्षक देखिएको थियो । कार्यक्रमको कोरियोग्राफी फेसन कोरियोग्राफर एवं कार्यक्रम निर्देशक हिमानी सुब्बाले गरेकी थिइन भने निर्णायक मण्डलमा नायिका सञ्चिता लुंइटेल, नृत्य निर्देशक एवं चलचित्रकर्मी गोबिन्द राई, कस्मेटोलोजिस्ट एवं सौन्दर्यकर्मी डा. रेखा थापा, मिसेस नेपाल आइडल २०१९ शोभिता राई एवं ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर रहेका थिए । कार्यक्रममा आर्कषक नृत्यहरुको पनि प्रस्तुति रहेको थियो भने कार्यक्रम प्रस्तोता नायक एवं मोडल दिक्पाल कार्कीले दर्शकहरुमाझ रमाइलो प्रश्नोत्तरको श्रृंखला प्रस्तुत गरेका थिए ।