खुला केन्द्रीय सदस्य तर्फको मतगणना सम्पन्न,काेइराला अत्यधिक मतसहित विजयी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना आज आइतबार साँझ सम्पन्न भएको छ ।

 केन्द्रीय सदस्यमा अत्यधिक मत ल्याएर डा. शशांक कोइराला निर्वाचित भएका छन् ।उनीपछि एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक , ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा पर्न सफल भएका छन् ।

यस्तै, केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल रहेका छन् ।

यसैगरी राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा.गोपाल दहित र मोहन आचार्य गरि ३५ जना कांग्रेसको केन्द्रीय सदस्यमा चुनिएका छन् ।

गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो । निर्वाचन समितिले केन्द्रीय सदस्यअघि सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरी नतिजा समेत सार्वजनिक गरिसकेको छ ।उम्मेदवारी दिएका ९९ मध्ये ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्