भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

NewsBankNepal Entertainment/मनोरञ्जन , News/समाचार , ३ वर्ष अगाडि

मुम्बइ । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

एक महिना अघि कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।उनले नेपालीसहित ३६ भाषामा हजारौं गीत गाइसकेकी छिन्। 

चर्चित पार्श्व गायिका मंगेशकरले भारतमा चलचित्र संगीतलाई नयाँ परिभाषा दिएकी छन् । उनलाई भारतको ुस्वार महारानीु र सुर नाइटिङगेल भनिन्थ्यो।