काठमाडाैं । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते आजदेखि खुला गरिएकाे छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने गरी मन्दिर खुला गरिएकाे पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका सदस्य सचिव डा मिलनकुमार थापाले विश्वस्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गरिएकाे बताए ।
कोरोना सङ्क्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर बन्द भएपछि नित्य पूजा मात्र भइरहेको थियाे ।कोषले महाशिवरात्रिको तयारी पनि गर्दै आएकाे छ ।

