रुसको आक्रमणमा परि युक्रेनमा १ सय ३७ को मृत्यू, लाखौले देश छोडे

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ, १३ फागुन । हिजो देखि रुसले युक्रेनमा आक्रमण शुरु गरेको छ । आक्रमण शुरुभए यता त्यहाँ १ सय ३७ जनाको ज्यान गैसकेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन । त्यस्तै संयुक्त राष्ट्रसङ्घले एक लाखभन्दा बढी मानिसले युक्रेन छोडिसकेको अनुमान गरेको छ ।

आक्रमणको बिरोधमा रुसमै प्रदर्शन गर्ने १ हजार ७ सय पक्राउ

उता युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले बताएको छ ।
राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १ हजार ७ सय प्रदर्शनकारी लाई पक्राउ गरिएको छ ।

विपक्षीहरूका प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने समूह ओभीडी इन्फोका अनुसार मस्कोमा ९०० जना र सेन्ट पिटर्सबर्गमा ४०० जना पक्राउ परेका छन
रुसी शहरहरूमा बाहेक विश्वका अन्य कैयौँ शहरमा पनि युद्धको विरोधमा प्रदर्शन गरेका छन बिबिसीका अनुसार सयौँ प्रदर्शनकारीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि रुसी नियोगको कार्यालयअगाडि विरोध जनाएका छन । युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कफ्र्यु लागु गरिएको छ । युक्रेनका विभिन्न भागमा रुसी सेना तीव्र गतिमा अघि बढिरहेका विवरण प्राप्त भएका छन ।

त्यहाँ गोलाबारी, विस्फोट अनि हवाई हमला भएको छ । एउटा हवाई अखडामा रुस र युक्रेनी सेनाबीच भिडन्त भएको बताइएको छ । रुसी सेनाले नियन्त्रणमा लिएको भनिएको उक्त हवाई अखडा पुनः आफ्नो नियन्त्रणमा लिएको युक्रेनले दाबी गरेको छ । युद्ध चर्कँदै गएसँगै युक्रेनले आमरूपमा सेना परिचालन गर्ने घोषणा गर्दै देशवासीलाई राष्ट्रको रक्षा गर्न आग्रह गरिएको छ ।

 यसैबीच, पश्चिमा राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्धहरूको घोषणा गरेका छन्। रुसका ब्याङ्क अनि उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाइने उनीहरूले बताएका छन ।