इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल लिटरको १५५ रुपैयाँ

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।  निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । पेट्रोलको , डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढेर १५१ पुगेको छ । वाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ सय अमेरिकी डलर बढाएर १४९५ कायम गरिएको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए लगत्तै निगमले पनि मूल्य समायाेजन गरेकाे हाे । रूस र युक्रेनबीचकाे द्वन्द्धले गर्दा तेलकाे भाउ लगातार बढीरहेकाे छ।