भट्टद्दवारा पुनलाई १ करोड राशीको पुरस्कार घोषणा
काठमाण्डौ,१२ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आज गैर आवासिय नेपाली सँघको १०औ महाधिबेशनको उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रममा राष्ट्रपतिले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गर्नु भएको छ , । राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्नु भयो “तपाईहरुले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्दै मुलुकको पर्यटकीय प्रचारप्रसार गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, मातृभूमिको पहिचानलाई विश्वभर फैलाउन र नेपालको समृद्धिका लागि खेलेको भूमिकाको म प्रशंसा गर्दछु ।”
राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी, विनाशकारी भूकम्प जस्ता विपद् र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेर एनआरएनएले आफ्नो भूमिका बढाएको र यो क्रमलाई अझ निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीले स्वदेशमा रोजगारी सिर्जना, लगानी वृद्धि र मानवीय सहयोगमा सकारात्मक भूमिका खेलेको बताए ।
एनआरएनका अध्यक्ष कुमार पन्तको सभापतित्वमा सँम्पन्न उद्घाटन समारोहलाई सँस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्ब अध्यक्षहरु जिवा लामिछाने, भबन भट्टलगायतले सँबोधन गरेका थिए ।
१ करोड राशीको भवन कृती रत्न पुन लाई
कार्यक्रममा एनआरएनका पुर्ब अध्यक्ष भबन भट्टले १ करोड राशीको भवन कृती रत्न अवार्ड घाषणा गर्नुभयो । गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा बितरण गरिने नेपालकै ठूलो धनराशीको पुरस्कार पहिलो पटक महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको भट्टले घोषण गर्नुभयो । नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैर आवासीय नेपाली संघ तथा बीबी फाउन्डेसनद्वारा संयुक्तरुपमा एक करोड रुपैयाँको ‘भवन किर्ती रत्न‘ पुरस्कार प्रदान गरिएको हो ।
गैर अवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यबिधी बनाएर बीबी फाउण्डेसनले नेपाल तथा नेपालीको लागी योगदान गर्ने नेपाली वा गैर अवासीय नेपाली ब्यक्ति वा संस्थालाई गैर आवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बीबी फाउण्डेसनले जनाएको छ ।

