काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई दिदीबहिनी मृत्यु

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु भएको छ । बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो ।

स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत दुई दिदीबहिनीको बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थियो ।उनीहरुका बुबा रोहन घिसिङ पनि गम्भीर घाइते छन्।घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो ।आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ ।चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ ।